Banner news

मतदानको ७२ घण्टा अघि नै सीमा नाका सील गरिने

मतदानको ७२ घण्टा अघि नै सीमा नाका सील गरिने


काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका मतदानभन्दा ७२ घण्टा अगावै सील गरिने भएको छ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विराटनगरमा भएको डीआईजी स्तरीय बैठकले नाका बन्द गर्ने निर्णय गरेको हो।

बैठकमा सीमा सुरक्षा सुदृढ गर्ने, सूचनाको आदान–प्रदान बढाउने, अवैध प्रवेश, मानव बेचबिखन, नक्कली मुद्रा, लागुऔषध र हातहतियार ओसारपसार नियन्त्रणमा संयुक्त रूपमा काम गर्ने सहमति भएको छ।

दुवै पक्षले सीमा स्तम्भ संरक्षण, संयुक्त गस्ती, चेकपोस्ट व्यवस्थापन, शरणार्थी तथा आप्रवासी गतिविधिमाथि निगरानी र सीमा क्षेत्रको सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा समेत सहकार्य गर्ने बताएका छन्।

शेयर गर्नुहोस :

162
Shares