मुख्य समाचार

ओलीसँग टेलिफोन टावर निर्माण गरि दिन मतदाताको माग

ओलीसँग टेलिफोन टावर निर्माण गरि दिन मतदाताको माग


गौरीगञ्ज । झापा गौरीगञ्जका बासिन्दाहरुले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोवर र गुँईठाका बारेमा दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न चेतावनी दिएका छन् ।

आईतबार अध्यक्ष ओली समेत गौरीगञ्ज पुग्नु भएको समयमा स्थानीयले गोवरको सहि उपयोगका बारेमा अध्यक्ष ओलीले बोल्दा पनि केहि व्यक्तिहरुले तोडमोड गरेर भ्रम छर्न खोजेको उनीहरुले बताए ।

‘गोवर कृषिका लागि उपयोगी छ, यसलाई बरु गोवर ग्यास बनाएर उपयोग गर्दा राम्रो हुन्छ । यसको दैनिक प्रयोगले मानव स्वास्थ्यलाई हानी गर्छ’ गौरीगञ्ज ३ का श्रवण गिरीले भन्नुभयो, ‘यति सामान्य कुरालाई कसैले अनावश्यक रुपमा तोडमोड गरेर दुष्प्रचार गर्छ भने त्यो राम्रो हुँदैन ।’ पूर्वप्रधानमन्त्री ओलीले आफ्नो ठाउँमा मात्र विकास गरेको र अन्यत्र ध्यान नदिएको बताउनेहरुलाई उहाँले प्रश्न पनि गर्नु भयो, ‘हुम्लामा कस्ले मोटरबाटो लग्यो, दैलेखको ग्यास कस्ले उत्खनन् गरायो, मदन भण्डारी राजमार्ग कस्ले विस्तार ग¥यो, क्रिकेट स्टेडीयम कस्ले बनायो ? त्यस तर्फचाँहि केहि नबोल्ने अनि अनेक अफवाह फैल्याउने ?’

आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका ओली केहि दिन देखि आफ्नै निर्वाचन क्षेत्रका मतदातासँगको भेटमा सक्रिय रहनु भएको छ ।

अध्यक्ष ओलीले अपराधिक तत्वहरुले आफुमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताउनु भएको छ । सोमबार झापाको गौरीगञ्जको देवीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधिक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधिक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताउनुभएको हो ।

तत्कालिन प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउदै अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधिक तत्वहरुले नै बनाएको धारणा राख्नुभयो । ओलीले मुलुकको बिकासका लागि एमालेले सवैभन्दा धेरै काम गरेको दावी समेत गर्नुभयो ।

गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट बिकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले तोडमोड गरेको भन्दै उहाले आपत्ति जनाउनुभयो । उहाँले नेपालमा ग्यास उन्खनन् भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहनुभएका ओली पछिल्लो समय झापामा स्थानीयसँगको छलफलमा केन्द्रीत हुनुभएको छ ।

सो क्षेत्रमा पुग्दा स्थानीयले त्यस क्षेत्रमा टेलिफोनको टावर निर्माण गरि दिन माग गरे । मोवाईलको नेटवर्क राम्रोसँग नटिप्ने भएकाले टावर निर्माणको आवश्यकता रहेको स्थानीय सीताराम यादवले बताउनुभयो ।

शेयर गर्नुहोस :

108
Shares