मुख्य समाचार

सेभेनसीज माध्यमिक विद्यालय प्रथम

सेभेनसीज माध्यमिक विद्यालय प्रथम


शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेनसीज माध्यमिक विद्यालय प्रथम भएको छ । सेभेनसीजले ९ स्वर्ण, ७ रजत र ९ कास्य पदक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो ।

प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ९ स्वर्ण, ६ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने झिलझिले माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ८ कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ ।

विजेता विद्यालय तथा विद्यार्थीहरूलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, शिक्षा शाखा प्रमुख छविलाल ढकाल, सामाजिक विकास समिति सदस्य यशोदा विमलीलगायतले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । माघ २४ गतेदेखि दुधे रंगशालामा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका ४० विद्यालयका करिब ४०० विद्यार्थीहरूको सहभागिता रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares