मुख्य समाचार

मेचीनगरमा लापसे चेकजाँच गर्दा १३ जनामा पोजेटिभ

मेचीनगरमा लापसे चेकजाँच गर्दा १३ जनामा पोजेटिभ


मेचीनगर । झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा सवारी चालकहरूको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन (लापसे.) चेकजाँच गरिएको छ । चेकजाँचमा १३ जनाले लागुऔषध सेवन गरेको भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजना तथा लाईन्स क्लब अफ मेचीनगर र मेचीनगर आधारभूत अस्पताल झापाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम जिप्रका झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
बुधबार दिउँसो सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षणसँगै लागुऔषध सेवनसम्बन्धी परीक्षण गरिएको झापा प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा ११ जना पुरुष र २ जना महिला गरी जम्मा १३ जनामा लागुऔषध सेवन पोजेटिभ देखिएको प्रहरीले जानकारी दिएको छ । पोजेटिभ देखिएकाहरूमाथि आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई अनुसन्धान भइरहेको जनाइएको छ ।

शेयर गर्नुहोस :

162
Shares