मुख्य समाचार

गौरीगञ्जमा ब्राउन सुगरसहित चार जना पक्राउ

गौरीगञ्जमा ब्राउन सुगरसहित चार जना पक्राउ


झापा । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो पूर्व आपगाछीबाट पश्चिम बाहुनटोलतर्फ आउँदै गरेको मे १ ह ५६६७ नम्बरको अटो (टेम्पु) लाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी निरीक्षक भुवन बाबु खड्काको कमाण्डमा ७ जनाको टोलीले चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा अटोको खुट्टा राख्ने म्याट मुनि लुकाइ–छिपाइ राखिएको अवस्थामा प्लास्टिकसहित ७ ग्राम ५०० मिलिग्राम तथा प्लास्टिकबाहेक ६ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागुऔषधसहित अटोमा सवार चार जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याइ थप अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरूमा अटो चालक दमक ८ का दिल कुमार विश्वकर्मा, गौरादह ८ का अमन ताजपुरिया, दमक ८ बस्ने दिपा परियार र पार्वती चौधरी रहेका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

शेयर गर्नुहोस :

81
Shares