दमक ३ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको नाममा अपराधिले जलाएको बताउनुभयो ।
आज झापाको दमक नगरपालिका २ स्थित हिमालय उच्चमावीमा आयोजना नेपनल शिक्षक संगठनले आयोजना गरेको अन्र्तकृया कार्यक्रममा उक्त धारणा राख्नुभएको हो । गत भदौ २३ र ३४ गते मुलुकमा भएको आगजनी तोडफोड जेएनजीले पुस्ताले नगरेको उहाँको दावी छ । उहाँले अगाडी भन्नुभयो “नेपाल शिक्षक संगठन भनेजस्तै जेएनजी एउटा उमेर समुह हो । यो समुहका युवा पुस्ताको आन्दोलनमा पुसपेट गरेर अपराधि मुलुक जलाएका हुन् ।” शिक्षक बिद्यार्थीले देश जलाएको होइन उहाँले प्रष्ट पार्नुभयो ।

शिक्षकहरुको मागका बिषयमा अध्यक्ष ओलीले भन्नुभयो “म प्रधनमन्त्री भएको अवस्थामा नै शिक्षकका माग उठाएइको थियो । मैले बार्तामा आउन पटक पटक शिक्षक संगठनका प्रतिनिधिहरुलाई आवह्रान पनि गरेको थिए । उहाँहरु आउनुभएन र सरकार र प्रधानमन्त्रीको बिरोधमात्र उत्रनु थाल्नुभयो ।” सबैसमस्या बार्ताबाट समाधान हुनसक्थ्यो ।
समस्याको निकास बर्ताबाट निकाल्न सकिने अवस्था रहदा रहदैपनि सरकारको बिरोध प्रधानमन्त्रीको बिरोधमात्र गरिहनुभयो । जुन बिषयले निकास दिन सक्दैनथियो । काहाँ लगेर कसरी टुङ्याउने कासम्म जाने आन्दोलनको मार्ग प्रस्ट हुनुआवश्यक हुन्थ्यो । कस्ले कोसँग सम्बाद गर्ने प्रष्ट हुनुपर्ने थियो ।
शिक्षकहरुको संयुक्त आन्दोलनमा बिभिन्न आस्थाका आधारममा फरक फरक माग दृष्टिकोणबाट आएको थियो । जुन सहज रुपमा आएन । शिक्षहरुका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई नै जिम्मा दिएको थियो । आन्दोलनमा काँग्रेस र माओवादी बिचारमा आवद्ध शिक्षकहरुले लगातार सरकार र प्रधानमन्त्रीको मात्र बिरोध गरि रहेकाले आन्दोलनले सही निकास दिन नसकेको अध्यक्ष ओलीले प्रस्ट पार्नुभयो ।
४ दिनको काठमाण्डौ बसाई पछि पुन आज आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको हो । अध्यक्ष ओलीले आजै दमकका तीनवटा कार्यक्रममा सहभागी हुने नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
उहाँले शिक्षकहरुको कार्यक्रम सम्पन्न गरे लगत्तै दमक नपा ४ मा धिमाल जाती बिकास केन्द्रले आयोजना गर्ने कार्यक्रममा सहभागि हुनुहुने छ । यसरी नै आजै साँझ ५ बजे दमक ६ स्थित एमालेको वडा निर्वाचन प्रचार प्रसारको कार्यालयमा मुश्लिम समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने योजना रहेको जनाइएको छ ।







प्रतिक्रिया