Banner news

अध्यक्ष ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै

अध्यक्ष ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै


झापा- नेकपा एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैहुनुहुन्छ । निर्वाचन प्रचारका क्रममा रहनु भएका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लाग्नु भएको हो ।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । प्रतिवद्धता पत्रमा नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना,एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी,सरकारले थालेका तर अपुरा रहेका योजनाहरुको विस्तृत विवरण समेटिएको दाहालले जानकारी दिनुभयो ।

अमरसिंह चौकमा आयोजना गरिएको चुनाव प्रचार कार्यक्रममा नै प्रतिबद्धता पत्र सार्वजनिक गरिने दाहालले जानकारी दिनुभयो । अध्यक्ष ओलीले आज दमक ३ स्थित दुम्से,टुकुरेमा प्रचारप्रसारको कार्यक्रम रहेको छ । दमक ८ स्थित संगम चौक,कृष्ण मन्दिर,धनपती मैनालीको घर हुँदै दमक १० स्थित सूर्य चौकमा पनि प्रचारप्रसारको कार्यक्रम रहेको छ ।

एमाले दमक ८ को घरदैलो मनकामना टोलसहित ३ टोलमा सम्पन्न

नेकपा एमाले वडा कमिटी दमक ८ ले आज पनि मनकामना टोल सहितका विभिन्न टोलहरुमा मत माग्दै घर दैलो गरेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित सूर्य चिन्हमा मत माग्दै घरदैलो कार्यक्रम गरेको हो ।

झापाको निर्वाचन क्षेत्र न५का प्रतिनिधि सभा सदस्यका उम्मेद्धवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट् माग्दै एमाले नेता,कार्यकर्ता र सर्वसाधारणहरुले मत माग्दै घर दैलो गरेको निर्वाचन परिचालन कमिटी दमक ८ का संयोजक तथा दमक८का वडा अध्यक्ष दिपेश दाहालले बताउनु भयो । मत माग्दै घरदैलो हिड्ने क्रममा मतदाताहरुको जिज्ञासाको जवाफ पार्टीका केन्द्रीय सदस्य गोविन्द थापाले जवाफ दिनु भएको एमाले वडा कमिटी उपाध्यक्ष युवराज आचार्यले जानकारी दिनु भयो ।

घरदैलो गर्ने क्रममा दमक ८ को मनकामना टोल स्थित हरि न्यौपानेको घर अगाडीवाट शुरु भएको घरदैलो कार्यक्रम वडान८कै वालुवाटार टोल,सिर्जना र सगरमाथा टोलको केही भूभागका घर–घरमा पुगेर मतदाताहरुलाई भोट माग्ने काम गरेको निर्वाचन परिचालन कमिटी संयोजक दाहालले जानकारी दिनु भयो ।

भोली पनि घरदैलो कार्यक्रम वडा भित्रका विभिन्न टोलमा जारी रहने एमाले वडा कमिटी दमक ८ले जनाएको छ । आजै दिउँसो ३ वजे दमक ८स्थित किरात चोकमा एमाले पार्टी अध्यक्ष ओलीले दमक ८ का मतदाताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको वडा कमिटी दमकका खेम श्रेष्ठले जानकारी दिनु भयो ।

शेयर गर्नुहोस :

81
Shares