Banner news

रास्वपा बागमतीका उपसभापति हुमागाईँले पनि छोडे पार्टी

रास्वपा बागमतीका उपसभापति हुमागाईँले पनि छोडे पार्टी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापतिले पनि पार्टी परित्याग गरेका छन् । उम्मेदवार छनोटमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै दिनेश हुमागाईँले पार्टी पारित्याग गरेका हुन् ।

उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ ।

उनले भनेका छन्, ‘पार्टीले सुरुमा उनानसीको निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो । तर व्यवहारमा तिनै जान्ने, सिमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने (नेपालीमा ‘गणेश प्रवृत्ति’) पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ प्राथमिकता दिइएको छ। पार्टीले चयन गरेको चरम चलखेलले भोलिको नेपालको संसद चटकदारहरूको थलो, विकृत र अवसरवादी संरचनामा परिणत हुने स्पष्ट संकेत देखाएको छ।’

शेयर गर्नुहोस :

297
Shares