काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो पटकको चुनाव जनमत संग्रह भएको बताएका छन् ।
अग्रगामी, सुशासन र परिवर्तनकामी शक्ति र यथास्थितिबादी बीचको जनमत संग्रह भएको उनको भनाई छ । उनले देश, राष्ट्र र जनताको हकहितको रक्षा गर्नु पर्नेमा जोड दिए ।
बुधबार सल्यानको सल्लीबजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीको चुनावी अभियानप्रति जनताको अभूतपूर्व उत्साह देखिएको दाबी गरेका छन् ।
‘प्रचण्ड’ले देशभरका रिपोर्टिङ अनुसार पार्टीमा उत्साह र विश्वासको लहर चलिरहेको जानकारी दिए । उनले पाटीले अघि सारेको योजनाले जनताको राजनीतिक सक्रियता र उत्साह थपेको र पर्यटन, रोजगारी, उद्यम तथा समाजका विभिन्न क्षेत्रमा व्यवस्थित कार्यक्रममार्फत जनताको सहभागिता सुनिश्चित हुँदै गरेको देखिएको दाबी गरेका छन् ।







प्रतिक्रिया