काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) र भातृसंगठनले रास्वपाका कार्यकर्ताले सूर्य अंकित झण्डा जलाएको विरोधमा देशका विभिन्न शहरमा मसाल जुलुस र कालो झण्डा प्रदर्शन गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा एमालेको चुनाव चिन्ह सूर्यु अंकित झण्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षणसहित चेतावनी दिएको हो।

झण्डा जलाएको विरोधमा दाङ सहित प्रमुख शहरमा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियू र भोलिन्टियर फोर्सले जुलुस निकालेको हो। भातृ संगठनले तत्काल कारबाही प्रक्रिया अगाडि नबढाए थप विरोधमा उत्रने चेतावनी दिएपछि प्रहरी एक्सनमा उत्रिएको छ। नेपाल प्रहरीका अनुसार एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न तुलसीपुर उपमहानगरका एक जना पक्राउ परेका छन्।
प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको दाङ जिल्लाको तुलसीपुर – ७, कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। सामाजिक सञ्जालमार्फत प्राप्त भएको भिडियोको प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।







प्रतिक्रिया