झापा – झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार शुक्रवार राति करिब २१:२० बजे बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजंघा स्कुल नजिकको भित्री सडकखण्डमा बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकल पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्र किशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।







प्रतिक्रिया