दमक । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमक आइपुग्नु भएको छ। उहाँ आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ आइ पुग्नु भएको हो।
आइपुगे लगत्तै उहाँ मतदाताहरु सङको भेटमा सकृय हुनुहुन्छ । उहाँ आज कमल गाउपालिकमा हुने र्याली उद्घाटनका लागि पुग्दै हुनुहुन्छ । ओलीले चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया