मुख्य समाचार

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने ओलीको प्रतिबद्धता

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने ओलीको प्रतिबद्धता


दमक – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ।

दमक ४ मा रहेको एक्सन फुट वेरमा काम गर्ने २५० भन्दा बढी मजदुरहरूलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको हो। सो अबसरमा उहाले यहाको उत्पादनको प्रकार, स्थिती र बजारको संभावनाका बारेमा अध्यक्ष ओलीले जानकारी लिनुभएको थियो ।

संचालक चुडामणि कार्कीले यहाँ उत्पादन भएका जुत्ता चप्पल नेपाल भर बितरण गर्ने गरेको र माग अनुसार अझै उत्पादन बढाउन नसकिएको अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको थियो । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै बजार बढाउने र रोजगारी सृजना गर्ने काममा आफू तागी पर्ने सो अबसरमा अध्यक्ष ओलीले बताउनु भयो ।
आसन्न निर्वाचनकालागी प्रचारको अन्तिम दिन उहाले आज स्थानीय उद्योग र त्यहा काम गर्ने मजदुरसग भेट गर्नु भएको हो ।
झापा ५ बाट प्रत्यक्ष तर्फको उम्मेदवार समेत रहनुभएका ओली अहिले चुनावी अभियान अन्तरगत घरदैलोमा व्यस्त रहनुभएको छ । आजै उहाँ झापा ५ का विभिन्न स्थानमा जाने र मतदाता भेट्ने काममा सहभागी हुनुहुने उहाको सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस :

135
Shares