मुख्य समाचार

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

jL/uGh gfsf aGb g]kfn / ef/tsf clwsf/Lx?sf] ;xdtLdf &@ 306fsf nflu jL/uGh gfsf aGb ePkl5 d+unaf/ gfsfsf] lgu/fgL ub}{ ;’/IffsdL{ . ;f]daf/ /ftL !@ ah]b]lv aGb ul/Psf] jL/uGh gfsf d+l;/ @! ut]sf] r’gfj ;DkGg ePkl5 vf]lng] lhNnf k|zf;g sfof{no k;f{n] hgfPsf] 5 . tl:a/ M laho s’df/ dxtf], k;f{, /f;;

पाँचथर, १९ फागुन – जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सीमानाका पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो ।

पाँचथरको भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि सीमानाका भने छैन । तर यहाँ दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि सीमा वारपार गर्ने गरेका छन् । दुवैतर्फ पारिवारिक सम्बन्ध हुनाले नियमितजसो आवतजावत हुने गर्दछ । प्रशासनले निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिकाबमोजिम सीमानाका बन्द गरिएको जनाएको छ ।

नाका बन्द गरिएको अवधिमा पनि सुरक्षा अधिकारीहरूबाट प्रमाणित भएका आकस्मिक स्वास्थ्य सेवा प्रदायक एम्बुलेन्सलगायत सवारीसाधन भने सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सीमानाका नभए पनि चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट सवारीसाधन र मानिस आवागमन हुने गरेका कारण प्रशासन सो कार्यमा रोक लगाएको हो ।

शेयर गर्नुहोस :

135
Shares