मुख्य समाचार

सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दै

सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दै


आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन ।

सुपर एटको समूह–१ को विजेता दक्षिण अफ्रिका र समूह २ को उपविजेता न्युजिल्यान्डबीचको सेमिफाइनल खेल बेलुका सवा ७ बजे कोलकाताको इडेन गार्डेन्समा शुरु हुनेछ ।  टी–२० विश्वकपमा दक्षिण अफ्रिका अघिल्लो संस्करणको फाइनलमा भारतसँग पराजित भएको थियो ।

दोस्रो सेमिफाइनलमा भोलि घरेलु टोली भारत र इंग्ल्यान्डबीच खेल हुनेछ । फाइनल खेल यही फागुन २४ गते हुनेछ ।

शेयर गर्नुहोस :

81
Shares