मुख्य समाचार

चितवनमा गरे प्रचण्डले मतदान

चितवनमा गरे प्रचण्डले मतदान


चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरेका हुन् ।

प्रचण्डले आफैँलाई भोट हाल्न भने पाएनन् । उनले मतदान गरेको क्षेत्रमा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन् । रेनु दाहालले भरतपुर १४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी छन् ।

बिहीबार बिहानै मतदान गरेका प्रचण्ड रुकुम पूर्व जाने तयारीमा छन् । उनी त्यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

शेयर गर्नुहोस :

0
Shares