मुख्य समाचार

१० बजेसम्म १० लाखभन्दा बढी मत खस्यो

१० बजेसम्म १० लाखभन्दा बढी मत खस्यो


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मतदान जारी छ । बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको थियो ।

बिहान १० बजेसम्म देशभर १० लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । यति बेलासम्म १० लाख ६५ हजार १२० मत खसेको आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जानकारी दिए । यो करिब ६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । यसपालिको निवार्चनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

शेयर गर्नुहोस :

243
Shares