Banner news

एमालेका उम्मेदवार ऐन महर विजयी

एमालेका उम्मेदवार ऐन महर विजयी


बझाङ – बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन् । उनी १८ हजार ४१५ मतका साथ विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार २९ मत पाए ।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ९ हजार ७४८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका शैलेन्द्रकुमार सिंहले ९ हजार २३४ मत पाएका छन् ।

महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार थिए । उनी तत्कालीन गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग उनी ९९८ मतको झिनो अन्तरले पराजित भएका थिए । उनी ०७६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए ।

शेयर गर्नुहोस :

621
Shares