मुख्य समाचार

डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित

डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित


कैलाली । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन्। उनले १४ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तथा अखिलका अध्यक्ष दीपक धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्। खड्काले धामीलाई ७ सय ८७ मतान्तरले पराजित गरेका हुन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरेका छन्।

पहिलो पटक संसदीय निर्वाचनमा होमिएका अखिल अध्यक्ष धामी झिनो मतान्तरले पराजित भएका छन्। विजयी भएका भरत खड्का यसअघि संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्य समेत भइसकेका अनुभवी नेता हुन्। जितको घोषण हुन भने बाकी छ ।

शेयर गर्नुहोस :

108
Shares