Banner news

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित


काठमाडौं । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले भारी मतान्तरसहित निर्वाचित भएका छन् । यद्यपि, औपचारिक घोषणा हुन भने बाँकी छ ।

कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित दोस्रोपटक संसदीय यात्रा तय गरेका हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ र एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाए । ०८० को उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए । त्यतिबेला उनले ३४ हजार ९१९ मत पाएका थिए । ६३ हजार ७५७ मत खस्दा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका थिए । नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका थिए ।

शेयर गर्नुहोस :

162
Shares