Banner news

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वर्षमान पुन विजयी भएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन् । १५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् ।

यसैगरी, रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए । नेकपा (एमाले)का गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा (माओवादी)का चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन् ।

जिल्लामा पुनको यो ह्याट्रिक जित हो । उनी २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

शेयर गर्नुहोस :

243
Shares