Banner news

झापा-२ मा रास्वपाकी इन्दिरा रानामगर विजयी

झापा-२ मा रास्वपाकी इन्दिरा रानामगर विजयी


बिर्तामोड । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ ।

यो क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभयो । यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५ हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले ३ हजार ९६६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कुल १ लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

शेयर गर्नुहोस :

216
Shares