Banner news

समानुपातिकतर्फ एक करोड २ लाख ५३ हजार मतगणना

समानुपातिकतर्फ एक करोड २ लाख ५३ हजार मतगणना


काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ  ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली काँग्रेसले १६ लाख ६७ हजार ७३३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ८५ हजार ७३० नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २२ हजार ०२२ मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार ४०४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६४ हजार४२०, जनमत पार्टीले ७५ हजार २०४ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

शेयर गर्नुहोस :

405
Shares