शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विद्यालयद्वारा शुक्रबार आयोजित वार्षिकोत्सब समारोहमा १० जना जेहेन्दार विद्यार्थीहरुलाई सावित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति वितरण साथै पढाईमा उत्कृष्ट, अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा प्रथम , द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाँइको सभापतित्व र अर्जुनधारा नगरपालिका – ७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा अक्षयकोष दाता देवकला प्रसाईले कक्षा – ६ का पढाइमा जेहेन्दार लेखनाथ गुरागाँई र तोया पौडेल त्यस्तै कक्षा – ७ का समर्पण अधिकारी र प्रज्जवल दाहाल, कक्षा –८ का शेखर न्यौपाने, अस्विन तिम्सिना, कक्षाका चेतानाथ गुरागाँई, रामप्रसाद ढकाल र कक्षा – १० का दिपक खनाल लगायत १० जना विद्यार्थीहरुलाई जनही ७८० रुपैयाँको दरले छात्रवृत्ति वितरण गरेको शिक्षक हरिप्रसाद ढुंगेलले जानकारी दिए ।

विद्यालयद्वारा आयोजित संकल्प वाचन प्रतियोगितामा प्रथम पुकार भट्टराई, द्वितीय छत्रपति गुरागाँई र तृतीय गजेन्द्र अधिकारी भएको निर्णायक अग्नि प्रसाद सिग्देलले जानकारी दिए । त्यस्तै रङ्गवल्ली प्रतियोगितामा प्रथम हुने शिशिर खनाल, द्वितीय हुने खेमराज लामिछाने र तृतीय हुने समर्पण अधिकारीलाई पुरस्कृत गरिएको थियो ।
यसअघि विद्यालयले सम्पन्न गरेको खेलकुद तर्फ १०० मिटर दौडमा प्रथम हुने खेमराज लामिछाने ,२०० मिटर दौडमा प्रथम हुने सोहम दुलाल र द्वितीय हुने प्रदिप सापकोटा, कक्षा ९ र १० बाट २०० मिटर दौडमा प्रथम हुने पुकार भट्टराई, द्वितीय कृष्ण प्रसाद ढकाल र १०० दौडमा द्वितीय हुने चित्रकुमार बराल र २०० मिटर दौडमा कक्षा – ६, ७ , ८ बाट प्रथम हुनेलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । भलिबल तर्फ प्रथम हुनेहरु पुकार भट्टराई , नवीन पौडेल ,सोहम पोखरेल, कृष्ण प्रसाद ढकाल र रिदम घिमिरे लगायत ७ जनालाई प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियोे ।

सोही अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा विद्यालयका शिक्षक हरिप्रसाद ढुंगेललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको शिक्षक रमेश खतिवडाले जानकारी दिए । शिक्षक ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिनारायण खतिवडाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा विद्यालयको ऐतिहासिक पृष्ठभूमिसहित भावी, योजना, भौतिक गतिविधि, चुनौती र संकल्पको बारे उल्लेख छ । कार्यक्रममा प्रमुख अतिथि खतिवडाले विद्यालयमा शिक्षक दरबन्दी जस्ता धेरै समस्याहरु भएको बताए ।
आफ्नो कार्यालयले यस विद्यालयलाई गर्न सक्ने सहयोग गर्दै आएको जानकारी दिए । वडाले मात्र चाहेर हाम्रो काम सम्भव हुदैन । हामी सबैले काँधमा काँध मिलाएर गरे मात्र सम्भव हुन्छ, उनले भने । कार्यक्रममा विशिष्ट अतिथि सिग्देल , अक्षयकोष दाता प्रसाई, शिक्षकहरुका तर्फबाट लक्ष्मीप्रसाद रिजाल , बाल क्लबका अध्यक्ष छत्रपति गुरागाँई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक सविता पौडेलले राखेकी थिईन् । त्यसैबीच शिक्षक रमेश खतिवडाको अगुवाइमा विद्यार्थीहरुले स्वस्तिवाचन गरेका थिए ।







प्रतिक्रिया