मुख्य समाचार

मेचीनगर आधारभूत अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव

मेचीनगर आधारभूत अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव


मेचीनगर । झापाको मेचीनगर नगरपालिका १०-स्थित धुलावारीमा रहेको मेचीनगर आधारभूत अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ । सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन् । सरकारी स्वास्थ्य केन्द्रमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव हुँदा महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन् ।

चिकित्सकका अनुसार यो सुई आई डी र आई एम ‐ छाला र मासुमा लगाईन्छ । पछिल्लो समय आई डी ‐छाला) मा लगाइन्छ । पहिलो दिनलाई शुन्य मानेर दुवै हातको पाखुरामा यो सुई लगाइन्छ । त्यसपछि तेस्रो र सातौँ दिनमा तीनपटक लगाईन्छ । रेबिज रोगविरुद्धको सुई आई एम ‐ मासुमा भने, पहिलो, तेस्रो, सातौँ, चौधौँ र २८ औँ दिन गरी जम्मा पाँचपटक लगाइन्छ ।

मेचीनगर आधारभूत अस्पतालमा तीन सय ५० रुपैयाँ बुझाउँदा तीन पटकको डोज उपलब्ध हुने मेचीनगर आधारभूत अस्पतालका स्वास्थ्यकर्मी लेलिन खतिवडाले बताए । सस्तो र सर्वसुलभ मुल्यमा उपलब्ध हुने सुई निजी क्लिनिकबाट प्रतिगोटा ६ सय ५० रुपैयाँका दरले खरीद गर्नुपर्दा बिरामी मर्कामा परेका हुन् । निजी स्वास्थ्य केन्द्रमा यो सुई पुरै डोज लगाउँदा दुई हजार रुपैयाँ तिर्नुपर्ने निजी स्वास्थ्य क्लिनिकका सञ्चालकहरुको भनाई छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि भण्डारबाट समयमै औषधि आपूर्ति नहुँदा अभाव भएको अस्पतालले जनाएको छ ।

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आपूर्ति केन्द्रबाट अस्पताललाई सुई आउने गरेको भएपनि झण्डै दुई साता अघिदेखि मेचीनगर आधारभुत अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको स्वास्थ्यकर्मी खतिवडाले बताए । ‘केहि समयअघिसम्म सुई थियो’ खतिवडाले भने, ‘अस्पतालमा रेबिज सुईको अभाव हुनेबित्तिकै पत्राचार गरेका थियौँ तर पनि अहिलेसम्म उपलब्ध भएको छै्न । ’ मागअनुसारको आपूर्ति नहुँदाअस्पतालमा सुईको अभाव भएको हो ।

चीनगर आधारभुत अस्पतालमा दैनिक दुई तीनजनाजना बिरामी रेबिज रोगविरुद्धको सुई लगाउन आउने गरेको अस्पतालले जनाएको छ । उनीहरुलाई अस्पतालले सुईको अभाव देखाएर फmर्काउने गरेको छ । अस्पतालमा झापाको मेचीनगर र आसपासका पालिकालगायतका क्षेत्रबाट पनि बिरामी रेबिज सुई लगाउन आउने भएकाले सुई अभाव भएको अस्पतालको भनाई छ ।

शेयर गर्नुहोस :

54
Shares