मुख्य समाचार

अभद्र व्यवहार कसुरमा गौरीगञ्जका एक वडा सदस्य पक्राउ

अभद्र व्यवहार कसुरमा गौरीगञ्जका एक वडा सदस्य पक्राउ


बिर्तामोड । अभद्र व्यवहार गरेको आरोपमा गौरीगञ्ज गाउँपालिका–६ का एक वडा सदस्य पक्राउ परेका छन् ।

प्रहरीका अनुसार चैत ६ गते बिहान ११ बजे वडा कार्यालयमा मादक पदार्थ सेवन गरी आएका वडा सदस्य ३२ वर्षीय नितेश कुमार साहले वडा अध्यक्ष बद्री नारायण यादव लगायत कार्यालयमा कार्यरत कर्मचारीहरूलाई गालीगलौज तथा धाकधम्की दिएका थिए ।

घटनापछि पीडित पक्षले चैत ७ गते साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएका थिए । जाहेरीको आधारमा सोही दिन साँझ प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका साहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट चैत ८ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

270
Shares