खेल

आईपीएल : डिफेन्डिङ च्याम्पियन आरसीबीको विजयी सुरुवात

आईपीएल : डिफेन्डिङ च्याम्पियन आरसीबीको विजयी सुरुवात


काठमाडौं । डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ ।

बैंगलुरुको एम चिन्नास्वामी रंगशालामा शनिबार राति भएको उद्घाटन सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै आरसीबीले विजयी सुरुवात गरेको हो ।

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको आरसीबीले १५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्वाधिक ६९ रन बनाएका थिए भने देवदत्त पाडिकलले ६१ र कप्तान रजत पाटीदारले ३१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । सनराइजर्सका लागि इशान किशनले ८० र अनिकेत बर्माले ४३ रन बनाएका थिए ।

आईपीएलअन्तर्गत आज मुम्बई इन्डियन्स र कोलकोता नाइटराइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

शेयर गर्नुहोस :

81
Shares