Banner news

सरकारले सार्वजनिक गर्‍यो ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा

सरकारले सार्वजनिक गर्‍यो ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा

?????????????? ???? ????????, ?? ???? ????????????? ????????? ????? ??????????? ?????? ????????????? ??? ?????????????? ???????? ??????????? ????? ??????????????? ???? ? ?????? ??????? ????????????? ???????÷????

काठमाण्डाै – सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलका घोषणापत्रका आधारमा सरकारले १८ बुँदे मस्यौदा सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदाका सम्बन्धमा यही वैशाख १० गतेभित्र राजनीतिक दलबाट राय/सुझाव माग गरेको छ ।

बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि गएको चैत १३ गते शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक भएको थियो । यो कार्यसूचीको बुँदा नम्बर ३ मा फागुन २१ गतेको चुनावमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रलाई समेटेर राष्ट्रिय प्रतिबद्धता तयार गरी नेपाल सरकारको साझा स्वामित्व लिने विषय उल्लेख थियो ।

प्रतिबद्धतापत्रमा आर्थिक, कृषि, ऊर्जा, पूर्वाधार विकास, रोजगारी, शिक्षा तथा स्वास्थ्य, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, वन वातावरण तथा जलवायु परिवर्तन, प्रशासनिक सुधार तथा सेवा प्रवाह प्राथमिकतामा छन् ।

आउँदो ५ वर्षभित्र औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्दै प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पु¥याउने, ५ वर्षभित्र स्वदेशमै १५ लाख रोजगारी सिर्जना गर्ने सरकारको महत्त्वकाङ्क्षी लक्ष्य छ ।

यस्तै सुशासन प्रवर्द्धनका लागि सरकारी सेवाभित्रको दलीय ट्रेड युनियन खारेज गर्ने, सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्ने, शिक्षा र स्वास्थ्यलाई क्रमशः निःशुल्क र गुणस्तरीय बनाउने लगायतका विषय समावेश छन् ।

शेयर गर्नुहोस :

0
Shares