काठमाण्डौ – अमेरिकाको भर्जिनियामा रहेको अदालतले नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या आरोपमा श्रीमान् नरेश भट्टलाई दोषी ठहर गरेको छ ।
प्रिन्स विलियम काउन्टीको अदालतमा भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । जुरीले फैसला सुनाइएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ ।
उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ । मनासास पार्कमा नर्सका रूपमा कार्यरत २८ वर्षीया ममता सन् २०२४ मा सम्पर्कविहीन भएपछि उहाँको खोजी र घटनाको अनुसन्धान शुरु भएको थियो । नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएकोलगायतका अभियोग लगाइएको थियो ।







प्रतिक्रिया