दमक । दमकका प्रथम नागरिक धिमाल जातिहरूलाई लाईफ लाइन अस्पताल दमकले २२ प्रतिशत छुट सुविधा दिने सहमति भएको छ ।
लाईफ लाइन अस्पताल र धिमाल जातीय विकास केन्द्र प्रमुखहरू बीच भएको सम्झौता पत्रमा सो सहमति भएको हो । अस्पताल परिसरमा भएको छोटो कार्यक्रममा अस्पतालका अध्यक्ष बालचन्द सुब्बा, सञ्चालक समिति सदस्य भीम प्रसाद पौडेल तथा धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यवाहक अध्यक्ष केदार धिमाल र प्रथम नागरिक धिमाल ब्यवस्थापन समिति दमकका सहअध्यक्ष साथै पूूर्व उपमेयर मोहन धिमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

स्वास्थ्य शिविर, सचेतना कार्यक्रम र अस्पतालमा अध्ययनरत विद्यार्थी बीच सांस्कृतिक, शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने लगायत बुँदा सहमति भएको अस्पतालका कर्मचारी सिमिक गिरीले जानकारी दिनुुभयो ।
सम्झौता कार्यक्रममा सहभागी मोहन धिमाल र सल्लाहकार कृण्ण धिमालले राखेको जिज्ञासाको जवाफ अस्पतालका अध्यक्ष सुब्बा, सञ्चालक डा. सूर्य नारायण शाहले दिनु भएको थियोे ।







प्रतिक्रिया