मुख्य समाचार

बिवाह बन्धनमा बाँधिदै डा. मुकुल ढकाल र निशा डाँगी

बिवाह बन्धनमा बाँधिदै डा. मुकुल ढकाल र निशा डाँगी


काठमाडौं । रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकाल र हालकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको विवाह आगामी मंसिर १० मा हुन लागेको हो ।

मुकुल र निशा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । निकटस्थहरूलाई थाहा भए पनि उनीहरूले आफ्नो सम्बन्‍ध सार्वजनिक गरेका थिएनन् । अब भने प्रेमलाई मुर्तरूप दिएर दाम्पत्य सम्बन्धमा बाँधिन लागेका हुन् । उनीहरुको टीकाटालो भइसकेको छ ।

मुकुलले १० गते विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने तयारी छ । मुकुल आज काठमाडौंबाट विवाहको तयारीका लागि झापा जाँदैछन् । एयरपोर्टमा रहेका उनले फोन सम्पर्कमा विवाहको पुष्टि गरे ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu