दमक

दमकमा उत्कृष्ट करतादा पुरस्कृत

दमकमा उत्कृष्ट करतादा पुरस्कृत

मनकुमार गदाल


दमक । राष्ट्रिय कर सप्ताह समापन कार्यक्रममा एक दर्जन बढी दमकका ब्यवसायीक संस्थाहरू पुरस्कृत भएका छन् । आन्तरिक राजश्व कार्यालय दमकले सोमवार विभिन्न विधाका एक दर्जन उत्कृष्ट करदाता संस्था र व्यक्तिलाई पुरस्कृत गरेको हो ।

गत वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाता हुनेहरूमा मिलेनियम सिद्वार्थ एजुकेसन फाउन्डेसन (सिद्धार्थ बोडिङ हाइ स्कूूल) दमक, लाईफ लाईन अस्पताल दमक, महाबीर फार्मेसी, पञ्चमुखी फर्मा, मेडिसिन टे«ड सेन्टर, धमला फलफूल सेन्टर, मेची बहुउद्देश्यीय सहकारी संस्था दमक र जयगुरू राईस मिल दमक पुरस्कृत भएका हुन् । उनीहरूलाई कार्यक्रमका विशेष अतिथि गोकुल श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नु भएको थियोे ।

राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत सूर्यबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा सबै भन्दा बढी कर दाखिला गर्ने दमक ८ की बिमला बुढाथोकी, राजेश मोटर्स दमक, ईष्टन फुड एण्ड वेभरेज, अर्नभ इन्टर प्राईजेज कमल, पाञ्चायन टे«ड एण्ड सप्लार्यस उर्लाबारी , कन्काई ग्यास उधोग गौरादह, छिमेकी बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी, विष्ट हाइवेयर पथरी , ओम श्री क्रसर उधोग एण्ड सप्लायर्स लेटाङ, फुयल सुनचाँदी पसल कानेपोखरी, दियालो ह्याचरी मिक्लाजुङ तथा आर्यन मनि ट्रान्सफर गौरीगञ्ज रहेको कर अधिकृत ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य श्रेष्ठ, दमक उधोग वाणिाज्य संघ अध्यक्ष गोपाल गुरागाई, मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका अध्यक्ष नारायण भट्टराई र सिए सुशील अग्रवाल लगायतले तिरेको कर राज्यले ठिकै ठाउँमा लागू गरेको छ भन्ने विश्वास जनतालाई दिलाउनु पर्नेमा जोडभयो ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu