बैशाख १४, २०८१ शुक्रबार

काजीहरुको साथ छोडेर प्रचण्डलाई ओलीसँग मिल्न प्रसाईको आग्रह

विनोद सापकोटा

झापा । झापाको बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनतालाई धोका दिएको बताएका छन् । नेकपा जुटाउने अभियानमा आफ्नो भूमिका स्मरण गर्दै प्रसाईले प्रचण्डलाई भने ‘केपी ओलीसँग मिलाउनुहोस् यसको विकल्प छैन ।’

पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री लगायतका अतिथिलाई स्वागत गर्ने क्रममा प्रसाईंले भावुक हुँदै भने ‘ओलीसँग मिल्नु भएन भने कम्युनिष्ट आन्दोलन सकिनेछ ।’

प्रसाईले प्रधानमन्त्री ओलीलाई फराकिलो छाती भएका राष्ट्रवादी र चट्टानी कम्युनिस्ट नेता भएको बताउँदै उनीसँग निशर्त सहकार्य गर्न प्रचण्डलाई सुझाव दिए । नेपालमा दुई तिहाईको कम्युनिष्ट सरकार ओलीकै कारणले बनेको उल्लेख गर्दै प्रसाईंले भने, ‘गणतन्त्रमा तपाईंले नै प्रमुख भूमिका खेलेको हो । त्यसैले तपाईंहरु दुई मिल्नुको कुनै विकल्प छैन । तपाईंहरुको मिलन भयो भने नेपाली जनताको विकास र समृद्धिको उद्देश्यलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन ।’ ‘जनयुद्ध पनि नभोगेका र जनयुद्ध नदेखेका काजी सापहरुको पछि लाग्नु हुन्छ भने ती काजीहरुले तपाईं (प्रचण्ड) लाई जनताको मन मस्तिष्कमा होइन माइतीघर मण्डलाबाट धेरै पर हुत्याएर घर न घाटको बनाउनेछन्’ प्रसाईंले भने ।

‘राजनीतिमा कुनै विचार नभएका काजीसापहरु तपाईंका नजिक हुँदा हामीजस्ता लाखौं शुभचिन्तकहरु तपाईंबाट आउट हुन बाध्य भयौं । ‘अहिले पाखा लागेका छौं । म फेरि पनि भन्छु । मजस्ता तपाईका लाखौं शुभचिन्तकहरुको प्रतिनिधिमूलक आवाज पनि हो यो । तपाईंले कति विचार गर्नुभएको छ । मलाई थाहा छैन । परिस्थित यस्तो भएको छ ।’

‘पार्टीमा काजीसापहरु तपाईंसँग इन्ट्री हुँदा बाबुरामहरु आउट भएका छन् । पार्टीमा काजीहरु इन भएपछि जीवनभर तपाईंका राजनीतिक गुरु मोहन वैद्यहरु पनि यतिबेला आउट भएका छन् । पार्टीमा सिन्को योगदान नभएका काजीहरुको हालीमुहाली भए पछि तपाईलाईं सहायक कमाण्डर भएर साथ दिने बादल, टोपबहादुर, प्रभु मणि थपाहरु आउट भएका छन् । पार्टी प्रति अलिकतिपनी दया छैन ? उनले भने के अब म जस्ताको सहयोग प्रचण्ड कमरेडलाई नचाइएकै हो ?’

प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]