बैशाख १४, २०८१ शुक्रबार

झापामा जोर–विजोर प्रणाली उल्लंघन गर्ने ५९८ सवारी नियन्त्रण

विर्तामोड । झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५९८ सवारीसाधन नियन्त्रणमा लिइएको छ । प्रहरीले निषेधाज्ञाको पहिलो दिन सोमबार ५९८ सवारीसाधन नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका मध्ये ५३६ वटा मोटरसाइकल र ६२ वटा चारपाङ्ग्रे सवारीसाधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले झापामा १९ गते मध्यरातबाट लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।

तस्वीर : इप्रका अनारमनी

निषेधाज्ञा अवधिभर जोर गते जोर नम्बर र बिजोर गते बिजोर प्रणाली लागु गरिएको छ । सो प्रणालीलाई उल्लंघन गर्ने सवारीलाई नियन्त्रणमा लिएको झापा ट्राफिक कार्यालयका याम खड्काले जानकारी दिए । खड्का अनुसार नियन्त्रणमा लिइएका सवारी ५ बजेपछि सचेतना सहित छोडिएका छन् ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]