बैशाख २३, २०८१ आईतबार

ऐतिहासिक फैसला

सम्पादकीय
झापाका एक दम्पत्तिले सर्वोच्च अदालतबाट ढिलो न्याय पाए । झापा भद्रपुरका देविचरण भण्डारीले सर्वोच्चमा आफन्तबाट पनि मृगौला दान लिएर प्रत्यारोपण गर्न पाउनुपर्ने माग गर्दै मुद्धा हाले । उनको मुद्धा भदौ १३ मा फैसला भयो । साउन २६ मा मुद्धा दायर गरेका भण्डारी यतिवेला भारतमा छन् । समयमै मुद्धाको फैसला भएको थियो भने उनी अहिले नेपाल मै हुने थिए । न्यायालयबाट धेरै यस्ता पीडितहरु अहिले पनि न्यायको पर्खाइमा छन् । न्यायको आशा गर्दागर्दै कतिपय पीडित न्यायालयबाट आशा मारेर बसेका छन् ।

भण्डारीको श्रीमतिलाई मृगौला प्रत्यारोपण गर्नुपर्ने थियो । त्यसका लागि उनीहरु काठमाडौं गए । तर,अस्पतालले काका–ससुराको मृगौला दान लिएर प्रत्यारोपण गर्न नमिल्ने भन्दै फर्काएको थियो । त्यसका विरुद्ध उनीहरु अदालत गए । अदालतबाट उनीहरुकै पक्षमा फैसला भयो । तर, त्यसको सेवा अर्थात उपभोग गर्नबाट बञ्चित भए । भण्डारी दम्पत्तिको मुद्धाले आगामी दिनमा आफन्तबाट मृगौला दान लिएर प्रत्यारोपण गर्न सकिने ऐतिहासिक फैसला सुनाइएको छ । यसबाट भण्डारी परिवारलाई सान्तवना मात्र मिलेको छ ।

मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्ति सरकारी जागिरे हुन् । श्रीमान देविचरण पनि सरकारी जागिरे नै हुन् । यदि उनीहरुले नेपाल मै मृगौला प्रत्यारोपण गरेका थिए भने सरकारबाट ५ लाखसम्म सहयोग प्राप्त गर्ने थिए । अन्य कोषबाट सहयोग प्राप्त गर्ने थिए । आर्थिक रुपमा भण्डारी दम्पत्तिलाई ठुलो भार परेको छ । न्यायालयले यस प्रकारका मुद्धामा छिटो फैसला सुनाउनुपर्छ । न्यायालयमा भएको एउटा ठुलो समस्या भनेको पनि यहि हो । समयमा मुद्धाका फैसला नसुनाउँदा ढिलो गरि न्याय पाउनेहरु अन्यायमा परेका छन् । सर्वोच्च मात्र होइन, अन्य अदालत पनि नागरिकको जीवनलाई ख्याल गरेर मुद्धामा फैसला सुनाउनुपर्छ ।

प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]