बैशाख १७, २०८१ सोमबार

शहिद लक्ष्मी पाण्डेको स्मृतिमा अनेरास्ववियुको वृक्षरोपण

बिर्तामोड । अनेरास्ववियु झापाले विधार्थी शहिद लक्ष्मी पाण्डेको स्मृतिमा वृक्षरोपण गरेको छ । आज विहान सुरुङास्थित शहिद पाण्डेको शालिकमा माल्यार्पण गर्दै वृक्षरोपण गरेर पाण्डेको सम्झना गरेको छ ।

अनेरास्ववियुले हरेक वर्ष मंसिर २७ मा पाण्डेको स्मृतिमा कार्यक्रम आयोजना गर्दै आएको छ । सोही क्रममा आज नेकपा एमालेका प्रदेश कमिटी सचिव एवम् प्रदेश सांसद चिन्तन पाठकको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाइएको हो ।
अनेरास्ववियुका विधार्थीहरु सहभागी कार्यक्रममा पाण्डेको माता मायादेवी पाण्डेलाई सम्मान समेत गरिएको थियो । त्यसपश्चात शालिकमा माल्यापर्णण गर्दै कनकाई बहुमुखी क्याम्पसको परिसरमा वृक्षरोपण गरिएको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए ।

भारत मेघालयबाट लखेटिएका नेपाली भाषीको निम्ति आन्दोलनरत पाण्डेलाई ०४४ साल मंसिर २७ गते तत्कालिन शासकले गोली हानी हत्या गरेका थिए । नेपालीभाषीको पक्षमा भएको आन्दोलनमा अग्रमोर्चामा रहेका पाण्डेले महिलाहरुमाथि प्रहरीले गरेको दुव्र्यवहार विरुद्ध प्रतिकार गर्दा उनीमाथि गोली चलाइएको थियो, अनेरास्ववियु झापाका सचिव नारायण पोखरेल भन्छन् ।

स्मृति सभामा पाण्डेले गरेको योगदान र उनको सपनाबारे चर्चा गरिएको थियो । स्मृतिसभामा प्रदेश सचिव पाठक, अनेरास्ववियुका सचिव डम्बर अधिकारी र केन्द्रीय सदस्य समर्पण खतिवडाले पाण्डेको योगदानबारे चर्चा गरे ।

प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार  १२ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]