बैशाख १७, २०८१ सोमबार

शिवसताक्षीमा हरितालिका तीज महोत्सव हुने

शिवसताक्षी । झापाको शिवसताक्षीमा हरितालिका तीज महोत्सवको हुने भएको छ। सतासीधाम जेसीजको आयोजनामा भदौ २५ गतेदेखि असोज १० गतेसम्म प्रथम शिवसताक्षी दुधे हरितालिका तीज महोत्सव २०८० शिवसताक्षीको दूधेमा आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

शिवसताक्षीको दूधेमा पत्रकार सम्मेलन गर्दै सतासीधाम जेसीज २०२३ कि अध्यक्ष जेसी निर्मला प्रधानले देशव्यापी मनाईने नेपाली महिलाको महान चाड हरितालिका तीजको अवसरमा उक्त महोत्सव आयोजना गरिएको बताइन् ।

महोत्सवका लागि सतासीधाम जेसीजले २१ बुँदे सहमति सहमति पत्रसहित कनकाई फन वर्ल्डलाई इभेन्ट म्यानेजमेन्टको जिम्मा दिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंह साँवाले कार्यक्रमको अनुमानित खर्च करिव २६ लाख रहने जानकारी दिए। उक्त कार्यक्रमका लागि कनकाई फन वर्ल्डलाई रोयल्टी बापत केही रकम प्रदान गरिसकेको जेसी साँवाले बताए । त्यस्तै पत्रकार सम्मेलनमा सम्पुर्ण जेसीज सदस्य सहित शिवसताक्षी नगरकी पुर्व उपप्रमुख भोजकुमारी नेपाल र वडा नं ११ का वडाध्यक्ष बाहदुर आङ्बोको पनि उपस्थिति रहेको थियो ।

हरितालीका तिजको शुभकामना दिदै पुर्व उप प्रमुख नेपालले सतासीधाम जेसीजले यति ठुलो आँट गर्नु आफैमा गौरवको विषय भएको जनाउदै कार्यक्रम सफलताको शुभकामना दिइन । त्यस्तै वडाध्यक्ष आङ्बोले परि आउन सक्ने भितव्यलाई ध्यानमा राखेर सम्पुर्ण सुरक्षाका पाटाहरु बुझेर आफुले कार्यक्रमको लागि सिफारिस गरेको र सभ्य तथा भव्यताका साथ कार्यक्रम सम्पन्न हुने बताए ।

महोत्सवले शिवसताक्षी नगरको पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याउनेछ । महोत्सवमा सहभागी हुन आउनेले नगरका सताक्षीधाम, दोमुखा, चिल्लागढ, बौद्ध गुम्बा, किरात माङहिम लगायतका धार्मिक तथा पर्यटन स्थलको भ्रमण गर्ने पनि आयोजक संस्थाले अपेक्षा लिएको छ । शिवसताक्षी भित्र र वाहिर गरेर दिनहुँ कम्तिमा २ हजार मानिसले महोत्सवको अवलोकन र मनोरञ्जन गर्ने लक्ष्य राखिएको सल्लाहकार समितिका सदस्य दुर्गा नेम्वाङले जानकारी दिए । उनका अनुसार दुधेमा हुने महोत्सव एतिहासिक हुनेछ । उनले महोत्सव सफल बनाउन सवै संग अनुरोध गरेका छन् ।

महोत्सवको समुद्घाटन भाद्र २५ गते सोमवार दिउँसो २ बजे हुने छ । कार्यक्रका प्रमुख अतिथि जेसीज नेपालकाका राष्ट्रिय अध्यक्ष २०२३ जेसीआई सिनेटर विकास मानन्धर रहने छन । कार्यक्रममा विशिष्ठ अतिथि शिवसताक्षी नगरका प्रमुख मेगाहाङ्ग थोप्रा तथा उप प्रमुख नरमाया कार्की रहने छन ।

महोत्सवमा खेल तथा सांगीतिक प्रश्तुती रहने छ । खेलमा रोटे पिङ्ग ,रेल,ड्राईगन लगायतका खेल तथा तमासा समावेश छन भने जि बब,लाउरे,प्रमोद खरेल,प्रकाश सपूत ,मेलिना राई ,ज्वति मगर , एलिना चौहान,अस्मिता अधिकारी , रचना रिमाल,प्रिति आले,टीका प्रसाईं,विन्दु परियार,सोइस्खा राई ,शिवराज भटराई ,श्रीकृष्ण लुईटेल,मिलन परियार,कमल खत्री,सुमन बेघा,सानाहाङ्ग लिवाङ ,जेनिस उप्रेती साथै द लिजार्ड व्याण्ड र द प्रस्ताव व्याण्ड लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महासचिव जेसी पदम कुँवरले बताए ।

महोत्सव दुधे बजारको पश्चिम बस स्टेण्ड उत्तरको खाली जग्गा क्षेत्रमा महोत्सव आयोजना गरिएको सतासीधाम जेसीजले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २३, २०८० शनिबार  ५ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]