बैशाख २३, २०८१ आईतबार

प्रसाईको अभियान शिष्ट र सभ्य होस्

सम्पादकीय

झापाका दुर्गा प्रसाईले पूर्व नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान गरिरहेका छन् । यहाँ ठुलो लगानी गरेर नागरिकको उपचार सेवा प्रदान गर्ने प्रसाईको लक्ष्य पुरा भएको छ । पूर्व नेपालका नागरिकहरु उपचारका लागि छिमेकी राष्ट्र भारत जानुपर्ने बाध्यता समेत घटेर गएको छ । अझ, क्यान्सरको उपचारका लागि भारतमै निर्भर हुनुपर्ने पूर्व नेपालका नागरिकहरु अहिले प्रसाईले स्थापना गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार पाइरहेका छन् । भारतका ठुला अस्पतालमा जानुपर्ने बाध्यतालाई प्रसाईले अन्त्य गरिदिए । नेपालभरका नागरिकहरु क्यान्सर उपचारका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा निर्भर बन्ने अवस्था निर्माण भइसकेको छ ।

करोड होइन, अरवौ लगानी गरेर स्वास्थ्य क्षेत्रमा योगदान गर्ने सोचका साथ अघि बढेका प्रसाईलाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिइएको छैन । जसका निमित्त धेरै मेहनत गरे । असिमित लगानी गरेर संरचना निर्माण गर्दा पनि सम्बन्धन प्राप्त गर्न सफल नभएका उनी अहिले देशव्यापी अभियानमा छन् । राष्ट्र, राष्ट्रियता र धर्म बचाऔं अभियान चलाइरहेका प्रसाईमाथि सोमवार दुव्र्यवहार भएको छ । उनीमाथि मोसो दलेर आक्रमण प्रयास गरियो । खासगरी अभियानमा उनले भ्रष्टाचार, अनियमितता र नेताहरु विरुद्ध अभिव्यक्ति दिने गरेका छन् ।

हो, देशमा समस्या छ । वर्तमान गठबन्धन सरकार आएपछि जनतामा निराशाबाहेक केहि छैन । व्यापार व्यवसायको क्षेत्र तहसनहस भएको छ । ठुलो युवा श्रमशक्तिहरु धमाधम पलायन भइरहेका छन् । मुलुकमा अराजकता बढेर गएको छ । गणतन्त्रलाई मजाक बनाउने गरिका गतिविधि भइरहेका छन् । यहि परिवेशमा आक्रोस व्यक्त गर्दै अभियान छेडिरहेका प्रसाईमाथि गरिएको दुव्र्यवहार निन्दनीय छ । तर, उनले बोलीमा सधुार ल्याउनुपर्छ । शिष्ट भाषामा आलोचना टिप्पणी गर्न सकिन्छ । संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई दुरुपयोग गर्न पाइदैन । जे बोल्दा पनि हुन्छ, जे गर्दा हुन्छ भन्ने मानसिकता त्याग गर्नैपर्छ । स्वास्थ्य क्षेत्रमा गरेको योगदानका दृष्टिले प्रसाई गौरवका पात्र हुन् । तर, सामाजिक रुपमा भड्काव सिर्जना गर्ने छुट कसैलाई छैन । सबै क्षेत्रको सुधार सबैको चहाना हो । यसरी सुधार ल्याउन सकिदैन । प्रसाईको अभियानमा सबैले साथ दिने अवस्था बन्न सक्नुपर्छ । संविधानमाथि धावा बोल्ने, व्यवस्थामाथि धावा बोलेर हुदैन । परिवर्तन ल्याउनका लागि अभियानलाई शिष्ट र सभ्य बनाउनैपर्छ ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ५ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]