बैशाख १८, २०८१ मंगलबार

मिटरव्याज पीडितलाई न्याय दिन ढिलाई नगर

सम्पादकीय
अनौपचारिक कारोवार गर्ने देशभरका पीडित नागरिकहरु संसद परिसर मै प्रवेश गरेको घटनाले उनीहरु असह्य पीडामा रहेको अनुभूति गराएको छ । संभवतः संसदभित्रै आन्दोलनकारीहरु प्रवेश गरेको घटना नयाँ हो । देशका ठुला ठुला आन्दोलनमा समेत संसदभित्र आन्दोलनकारी प्रवेश गरेको घटना छैन । तर, सोमवार मिटरव्याज पीडितहरु संसदभित्रै प्रवेश गरे । उनीहरुमाथिको अन्याय र सुरक्षा निकायको लापरबाहीले त्यो परिस्थितिको सिर्जना गरेको स्पष्ट छ । मिटरव्याज पीडितमाथि सामन्तहरुले अन्याय गरेका हुन् । बोलबालाहरुले अन्याय गरेका कारण उनीहरुलाई न्याय दिन सरकार पछि हटेको छ ।

अहिलेको सरकार गरिव निमुखा र अन्यायमा परेको जनताको सरकार होइन । यो सरकार मिटरव्याजीहरुको सरकार जस्तो छ । होइन भने देशभरका पीडितहरुलाई न्याय दिन किन कठिनाई भयो ? हजार लिएकाहरुलाई लाखको भार बोकाउनेहरुमाथि सरकार एक्सनमा उत्रिन जरुरी छ । अब, पीडितहरु संयमता अपनाउन छोडिसके । उनीहरुलाई न्याय चाहिएको छ । न्यायका लागि मिटरव्याज पीडितहरुले पूर्व र पश्चिम नेपालबाट पैदल यात्रा गरेर काठमाडौं पुगेका हुन् । काठमाडौं पुगेका पीडितहरुको आवाज सम्बोधन हुनैपर्छ ।

संसद्भित्र आन्दोलनकारीहरु प्रवेश गरेको घटनाले देशको सुरक्षा कमजोर रहेको स्पष्ट भएको छ । अत्यन्तै, संवेदनशिल ठाउँमा पनि सुरक्षाको लापबारही हुन्छ भने आम नेपाली नागरिकहरुको जीवन रक्षा कसरी हुन सक्ला ? अर्कोतिर हेर्दा, पीडितको आवाज नसुन्नेहरु र अन्यायमा परेको नदेख्नेहरुले पक्कै सुने होलान्, देखे होलान् । अब सरकारले गम्भीर रुपमा लिएर पीडितहरुको माग सम्बोधनमा जिम्मेवार प्रस्तुत हुनैपर्छ । र, आर्थिक कारोवार गर्दा औपचारिक रुपमा गर्न जरुरी छ । यदि, औपचारिक कारोवार गरियो भने मिटरव्याजको तनावमा कोहि पर्नु पर्दैन ।

प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार  १२ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]