बिर्तामोड । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको जनाएको छ । आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता भोला दाहालले स्थानीय तहसँग सम्बन्धित उजुरी ३५.९५ प्रतिशत रहेको जानकारी दिए । अख्तियारका अनुसार गत आर्थिक वर्षमा २० हजार ९०५…