‘ड्रागन फ्रुट’मा रमाउँदै धादिङका किसान

धादिङ । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु भएको हो । ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फ्रुट’ टिप्ने सिजन सुरु भएको छ ।…