आईसीसीले विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या बढायो

काठमाडौं । सन् २०२७ को अन्तर्राष्ट्रिय एकदिबसीय विश्वकप क्रिकेटमा १४ राष्ट्र सहभागी हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को परिषद्ले अर्को चक्रदेखि विश्वकप क्रिकेटमा सहभागी हुने राष्ट्रको संख्या बढाउने निर्णय गरेको हो । आईसीसीको मंगलबार बसेको परिषद् बैठकले सन् २०२३–२०३१ चक्रसम्मका लागि महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले प्रत्येक दुई वर्षमा आयोजना हुने विश्वकप टी ट्वान्टीमा…