काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल अपराह्न ५:३० बजे सुरु हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि…