भद्रपुर । दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ मा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रङ्गशालामा प्रतियोगिताका खेल हुँदैछन् । सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको…