बिर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाको अध्यक्षमा नारायणप्रसाद चिमरिया निर्वाचित भएका छन् । शनिवार सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट चार बर्षे कार्यकालका लागि अध्यक्षमा चिमरिया निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमाद्धय मोहनप्रसाद सुवेदी, रमेश अधिकारी, सचिवमा यामनाथ बिमली, कोषाध्यक्षमा मिनाल तिम्सिना, सह–सचिवमा कृष्ण तिवारी निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा भुवन कार्की, निर्मला खरेल ओडारी…