बिर्तामोड । आज रातभरको वर्षापछि झापा बिर्तामोडका दुई दर्जनभन्दा धेरै पसलहरुमा पानीले क्षति पुराएको छ । बिर्तामोडको विशाल मार्केट र प्रसाई मार्केटका २५ वटा पसलमा पानी पसेपछि विक्रीका लागि राखिएका सामग्रीहरुमा क्षति पुगेको हो । विशाल मार्केटका १८ र प्रसाई मार्केटका ८ वटा पसलमा पानी पसेको विर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए…