बिर्तामोड । नेकपा एमालेले झापाका १५ वटै स्थानीय तहमा पालिका अधिवेशन सुरु गरेको छ । शुक्रवार कमल गाउँपालिकाको अधिवेशन उद्घाटन गरिएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराईले जिल्लाको पालिकाको पहिलो अधिवेशन उद्घाटन गरेका छन् । उनका अनुसार झापाका सबै पालिकाको अधिवेशन जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ…