बिर्तामोड । गत फागुन १९ गतेदेखी सुरु भएको झापा गोल्डकपमा दर्शकको संख्या बढेको छ । बुधबार भएको आर्मी र मछिन्द्र बीचको खेलमा अघिल्लो दिनहरुको तुलनामा दर्शकको संख्या वृद्धि भएको हो । चार पटक झापा गोल्डकपको उपाधि जितेको त्रिभुवन आर्मी र भर्खरै केपी ओली कपको उपाधि उचालेको मचिन्द्र बीचको खेल हेर्न दर्शकको संख्या दोब्बरले बढेको हो…