बिर्तामोड । छैटौं झापा गोल्डकप आजदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीफबीच खेल हुनेछ । गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने छन् । आज औपचारिक उद्घाटन तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको छ । उद्घाटनको क्रममा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको प्रस्तुति रहनेछ ।…