फागुन २१ : सुखानी हत्या काण्डको सम्झना

गोपाल झापाली झापा । फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक दिन । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहको बिष्फोटक दिन हो । यसै दिन विद्रोहमा संलग्न भएकै कारण इलामको माईनगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवाहरुलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो । झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा रामनाथ…